मकवानपुरको कैलाश ९ नामटारबाट लागुऔषध गाँजासहित २ जना पक्राउ

टुडे संवादाता
२०७८ श्रावण ३, आईतवार १०:५९ गते

हेटौंडा/मकवानपुर प्रहरीले कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारबाट लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश -४ झ्याङ्ने बस्ने अन्दाजी १५ बर्षीय सन्तोष न्यौपाने र सोही स्थान बस्ने अन्दाजी १४ बर्षीय सागर मोक्तान रहेके मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले जानकारी दिए ।

अस्थायी प्रहरी पोष्ट नामटारबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा रहेको टोलीले गस्ती टोलीले कैलाश ९ नामटारमा शंकास्पद अवस्थामा पैदल हिडिरहेको दुईजनालाई ९ किलो लागुऔषध गाँजासहित पक्राउ गरेको हो ।

प्रहरीले उक्त गाँजा दुबै जनाले दुई वटा पोका बनाएर पछाडी भिर्ने झोलामा लुकाई छिपाई ल्याइएको अवस्थामा फेला पारेको हो । पक्राउ परेका दुबैजना माथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*