स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर १२ कक्षाको परीक्षा होम सेन्टरबाट नै

हेटौंडा टुडे
२०७८ श्रावण १३, बुधबार १३:०८ गते

हेटौँडा/ कहालीलाग्दो कोरोना माहामारीको बीचमा परीक्षाहरु स्थगित भएतापनि अहिले भने कोरोना माहामारीलाई मध्यनजर गर्दै कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको छ । बुधबार बसेको संसदको बैठकले उक्त निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर १२ कक्षाको परीक्षा होम सेन्टरबाट नै लिने छ ।

कतिपय स्थानमा आवतजावतमा समस्या हुने र बाहिर गएर परीक्षा दिदाँ थप कोरोनाको जोखिम बढ्ने हुनाले यस्तो निर्णय गरिएको हो ।

यसअघि १० कक्षाको परीक्षा आन्तरिक मूल्यांकनबाट गरिने भएको छ । १२ कक्षाको परीक्षा चाहिँ भौतिक उपस्थितिमा नै दिनु पर्ने सुझाव आएकाले परीक्षा लिन लागिएको परीक्षा बोर्डले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*