यस्तो छ आजको मौसम

हेटौंडा टुडे
२०७८ श्रावण १४, बिहीबार १२:५९ गते

हेटौँडा/अहिले मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिमी तराईको नजिक रहेको छ, जसका कारण आज वाग्मतीसहित केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

दिउँसोः देशभर नै पानी पर्ने सम्भावना  छ । प्रदेश १, प्रदेश २, वाग्मती, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको छ ।

रातिः प्रदेश १, प्रदेश२, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यी प्रदेशमा भोलि पनि ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*