हेटौँडा/ साताको अन्तिम कारोबार दिन बिहीवार प्रि ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ५८ अंकले बढेको छ । प्रि ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री नागरिक लगानी कोषको रू. १६ लाख ८१ हजार बराबरको शेयर खरीद विक्री भएको छ ।
परिसूचक ३ हजार १ सय ३ दशमलव ५३ विन्दुमा पुगेको हो । यस अवधिमा ७४ कम्पनीको १४ हजार ४२७ कित्ता शेयरको रू. १ करोड ७ लाख ५० हजार बराबरको शेयर खरीदविक्री भएको हो ।
त्यसैगरी, कारोबारमा आएका ७४ ओटा कम्पनीमध्ये ४७ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको हो । त्यस्तै १४ ओटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
सेयर गर्नुहोस्






















