हेटौँडा/आर्थिक वर्ष ०७७/०७८ मा बलात्कारका घटना अघिल्लो वर्षभन्दा १८ प्रतिशतले बढेको पाइएको छ ।
आर्थिक वर्ष ०७७ र ०७८ मा अपराधका ४० हजार १२० घटनाहरू दर्ता भए । नेपालमा दैनिक अपराधका घटना ११० वटा भएको यो तथ्यांकले देखाउँछ ।
आर्थिक वर्ष ०७७/०७८ मा जबर्जस्ती करणीका दुई हजार ५३४ घटनाहरू दर्ता भएका छन् । यो आर्थिक वर्ष ०७६/०७७ को तुलनामा १८.१९ प्रतिशतले बढी हो । यो तथ्यांक विश्लेषण गर्दा नेपालमा दैनिक ७ जना बलात्कृत हुने गरेको देखिन्छ ।
सेयर गर्नुहोस्






















