हेटौँडा/ गत बुधबार राती एनआईसी एसिया बैंकको एटीएम तोडफोड गरेको अभियोगमा १ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–६ नारायणटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ भोटेचौर घर भएका ३४ वर्षीय बिनोद चौलागाई रहेका छन् ।
उक्त एटीएम फुटाउँदै गरेको अवस्थामा फेला पारी महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्






















