अब हेटौँडामा मास्क नलगाई हिडे १०० रुपैयाँ जरिवाना,सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू

हेटौंडा टुडे
२०७८ श्रावण २५, सोमबार ११:०३ गते

हेटौंडा /मकवानपुरमा जारी रहेको निषेधाज्ञालाई थप कडा गरिएको छ ।

कोरोना संक्रमणको बढ्नुको साथै संक्रमणको जोखिम उच्च बढेको भन्दै सोमबार (आज) बाट जिल्ला भित्र चल्ने निजि तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू भएको छ । यसैगरि संक्रमणलाई बढ्न नदिन मास्क नलगाई हिड्ने व्यक्तिलाई १ सय रुपैयाँ जरिवाना गरिएकोे जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देबेन्द्र दासले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड संकट व्यवस्थापनले पछिल्लो पटक थप गरेको निषेधाज्ञा आजबाट साउन ३२ गतेसम्म रहेको छ ।

बैठकले पसल खुल्ने समय घटाइएको छ । बैठकले अत्यावश्यक उपभोग्य बस्तु खाद्यान्य, मान्छा,मासु, तरकारी, फलफुल, दुध, पानि अण्डा पसलहरु बिहान ५ बजे देखी बिहान १० बजे सम्म खोल्न पाईने र गरैखाद्यान्य तथा अन्य पसलहरु दिउँसो १२ बजे देखी बेलुका ४ बजे सम्म संचालन गर्न दिने निर्णय गरेको छ ।

यसैगरि बैक तथा वित्तिय संस्थाहरु भने बिहान १० बजे देखी दिउँसो २ बजे सम्म संचालन गर्न अनुमति दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*