हेटौँडा/ मकवानपुरमा पछिल्लो २४ घण्टामा ८५ जनामा कोरोना पुष्टि भएको छ ।
पुष्टि हुनेहरुमा सबैभन्दा बढी ७१ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि ८ जना थाहा नगरपालिका भित्रका,३ जना मनहरी गाउँपालिका भित्रका,२ जना बकैया गाउँपालिका भित्रका र एक जना कैलाश गाउँपालिका भित्रका रहेका छन् ।
जिल्लामा १ सय ५६ जनामा पिसिआर र ४९ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ७४ जना र ११ जना गरी थप ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा जिल्लामा ७८ जनाले कोरोना जितेका छन् ।
सेयर गर्नुहोस्






















