९ ग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित हेटौँडा ६ का चौलागाई प्रहरी नियन्त्रणमा

टुडे संवादाता
२०७८ श्रावण २५, सोमबार १७:३६ गते

हेटौँडा/मकवानपुर प्रहरीले ९ ग्राम लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित १ जनालाई नियन्त्रणमा लिईएको छ ।

सोमबार (आज) जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतको कार्यालय वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सुचनाको आधारमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ घर र  हेटौँडा ४ स्थित पारिजात पथमा किराना पसल सञ्चालन गरी बस्ने ४० बर्षिय मनोज चौलागाईलाई नियन्त्रणमा लिईएको मकवानपुर प्रहरी प्रवत्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जनाकारी दिए ।

चौलागाईलाइ चेकजाँच गर्दा उनको साथबाट लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ९ ग्राम फेला परेको हो ।उक्त लागुऔषध जस्तो देखिने खैरो हेरोईन पदार्थ सहित चौलागाईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*