हेटौँडा/ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहनुभएका शर्मालाई सोमबारको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशको प्रमुख सचिवमा किरणराज शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
नेपाल सरकारले साउन पहिलो साता मात्रै शर्मालाई सहसचिवबाट सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । शर्माले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवक्ताको जिम्मेवारी समेत निर्वाह गरिसक्नुभएको छ ।
बागमती प्रदेशका प्रमुख सचिव डा। मुकुन्दप्रसाद पौड्याल उमेर हकका कारण अनिवार्य अवकाश हुनुभएपछि शर्मालाई प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिइएको हो ।
सेयर गर्नुहोस्






















