हेटौँडा/ हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिले आज प्रथम स्थापना दिवस मनाएको छ ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, बागमती प्रदेश युवा परिषदका कार्यकारी उपध्याक्ष सन्तोष चौलागाई, जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरि दाहाल, हेटौंडा उपमहानगरपालिका २ नं वडा सदस्य महेश्वरमान श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख, सामाजिक विकास शाखा प्रमुख, विभिन्न खेल सम्बिन्धत संघ संस्थाका प्रमुखहरु तथा खेलाडीहरुको उपस्थित रहेको थियो ।
कार्यक्रम नगर खेलकुद बिकास समितिका अध्यक्ष चन्द्र शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो । खेलकुद विकास समितिले लोकतान्त्रिक पार्क हुप्राचौरमा सरसफाई कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको छ भने हुप्रचौर मै केक काटेर दिवस मनाएको हो।
सेयर गर्नुहोस्






















