हेटौँडा/ जिल्लाको विकट मानिने राक्सिराङ गाउँपालिकाका लाई खरको छानामुक्त गर्ने अभियान सञ्चालन भैरहेको छ । गाउँपालिकाका अधिकांश घरका छानाहरु खरले छाएका छन् ।
संघीय सरकारले उपलब्ध गराएको रकम ५० हजार रुपैंयाको दरले १ सय ६८ घरपरिवारलाई वितरण गरिएको थियो । त्यस्तै प्रदेश सरकारका तर्फबाट २५ लाख र स्थानीय सरकारका तर्फबाट २५ लाख गरी कुल उपलब्ध ५० लाख रुपैया मार्फत् १ सय २५ घरधुरीलाई ४० हजार रुपैंयाको दरले जस्तापाता खरिदका लागि रकम उपलब्ध गराइएको थियो।
सरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत गाउँपालिकाको १ नम्बर वडामा १७ वटा घरको छनौट भएर नागरिक लावान्भित भएका छन् भने २ नम्बर वडामा पनि १७ घरका नागरिकले सुविधा लिएका छन् । ३ नम्बर वडाका १८, ४ नम्बर वडाका २०, ५ नम्बर वडाका १७, ६ नम्बर वडाका १७, ७ नम्बर वडाका २०, ८ नम्बरका १८ र ९ नम्बरका २० घरधुरी लावान्भित भएको गाउँपालिको तथ्यांक छ ।






















