हेटौँडा/ हेटौंडा उपमहानगरपालिका क्षेत्रमा बितेको आर्थिक वर्ष २०७७–०७८ मा मात्र कुल २ करोड ३० लाख ५२ हजार रुपैयाँ कृषि क्षेत्रमा मात्र खर्च गरिएको छ । जसमा किसानका लागि एक वर्षको अवधिमा महत्वपूर्ण काम भएका छन् ।
हेटौंडाका १९ वटै वडाका किसानले गरेको मागका आधारमा हेटौंडाका किसानका खेत, बारी जोत्नका लागि सहज होस भनेर ट्याक्टर, २ वटा मिनी टिलर वितरण, बाख्राको साना व्यावसायीक कृषि उत्पादन पकेट केन्द्र विकास कार्यक्रम, स्थानीय क्षेत्रमा मोवाइल माटो ल्याब स्थापना गरेर परिक्षण गर्न सुरु गरिएको मेयर हरि बहादुर महतले वताए ।
कोभिड प्रभावित किसानका लागि विभीन्न जातका तरकारीका विउ वितरण, गहुँ, मकै, धानको विउ वितरण गरिएको छ । यसैगरी ६ सय ६५ थान हर्मोनियम व्याग विउ भण्डार वितरण, कृषि सामाग्री ढुवानी, कृषि इन्जिनियरिङ प्रबर्दन अनुदान, टनेल हाउस खेती कार्यक्रम लगायतका कार्यक्रम गरिएको उपमहानगरपालिकाका आर्थिक विकास महासाखाका प्रमुख गंगा चौलागाईंले जानकारी दिनुभयो ।






















