मकवानपुरमा आजबाट कोभिशिल्डको दोस्रो डोज लगाउन सुरु

हेटौंडा टुडे
२०७८ श्रावण २७, बुधबार १२:४६ गते

हेटौँडा/ मकवानपुरमा आजबाट कोरोना भाइरस विरुद्ध कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो डोज लगाउन सुरु गरिएको छ ।कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई एस्ट्राजेनेको खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यलय मकवानपुरका सूचना अधिकारी एवम् जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेले जानकारी दिए ।

जिल्लाको लागि आएको १६ हजार डोज खोप मध्य १५ हजार १ सय २० डोज स्थानीय तहलाई बाढिएको अधिकारी घिमिरेले बताए । यसैगरि जिल्लाको हेटौंडा उपमहानगरपालिकाले आजैबाट कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई दोसा्रे डोज लगाउन सुरु गरेको छ ।

उपमहानगरपालिकामा कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका करिब ९ हजारले दोस्रो मात्र लगाउन बाँकी रहेकाका लागि खोप लगाउन लागिएको हो । ईन्द्रसरोबर,कैलाश,बकैया र बागमती गाउँपालिका बाहेक सबै स्थानीय तहले खोप लगिसकेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*