हेटौँडा/ उद्योग संघ मकवानपुरले हेटौंडा अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । उद्योग संघ मकवानपुरको सक्रियतामा स्थापना गरिएको अक्सिजन प्लान्ट आइतबार एक समारोहबीच हेटौंडा अस्पताललाई हस्तान्तरण गरिएको छ । अक्सिजन प्लान्टको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन् गर्नुभयो ।

यस प्लान्टबाट दैनिक एक सय १५ देखि १ सय २० शिलिण्डर सम्म अक्सिजन उत्पादन हुने छ । ३१ जना सहयोगी हातहरुबाट रकम संकलन गरेर उद्योगसंघ मकवानपुरले एक करोड ३६ लाख ९५ हजार रुपैयाँ लागतमा अक्सिजन खरि गरेर अस्पताललाई हस्तान्तरण गरिएको हो ।

उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोख्रेलले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन् ।
सेयर गर्नुहोस्






















