नयाँ बसपार्कको ‘टिकट काउण्टर’ अब कम्प्युटर प्रणालीमा

हेटौंडा टुडे
२०७८ श्रावण ३१, आईतवार १२:३३ गते

हेटौँडा/ हाते कागजमार्फत यात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको राष्ट्रिय बसपार्क नयाँ बसपार्कले कम्प्युटर प्रणालीको माध्यमबाट बस टिकट काट्न सुरु गरेको छ ।काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई विसं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कभित्रका टिकट काउन्टर लाई अन्तर्राष्ट्रियकरण टिकट काउन्टर बनाउने उद्देश्यअनुरूप कम्प्युटर जडान गरी बस टिकट काट्न सुरु गरिएको हो।

टिकट काउण्टरलाई ‘डिजिटल प्रणाली’मा लगेसँगै अब टिकट काउण्टरमा बस्ने कर्मचारीले अनिवार्य पोशाक र परिचयपत्र लगाउनुपर्ने भएको छ । प्रविधिको प्रयोगसँगै यात्रुले अब कुन कम्पनीको कति नम्बरको गाडी कुन समयमा कुन गन्तव्यस्थानमा कति यात्रु लिएर जान्छ भन्ने कुरा स्पष्ट थाहा पाउन सक्छन् ।

कम्प्युटर प्रणाली अपनाएसँगै गाडीमा सिट भए वा नभएको प्रष्ट थाहा पाउने हुनाले आफूले चाहेको टिकट सजिलै काट्न सकिन्छ । नयाँ बसपार्कबाट हाल ६५ भन्दा बढी जिल्लामा एसी, डिलक्स र साधारण खालका सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् । नयाँ बसपार्कभित्रका ३२ टिकट काउण्टरले हाल कम्प्युटर प्रणालीमार्फत बसको टिकट काट्न सुरु गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*