स्वतन्त्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा गोकुल अधिकारी चयन

हेटौंडा टुडे
२०७८ श्रावण ३१, आईतवार १४:०४ गते

हेटौँडा/ स्वतन्त्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा गोकुल अधिकारी चयन हुनुभएको छ । शनिबार हेटौंडामा भएको तेश्रो अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्षमा प्रेमकला पौडेल, सचिवमा प्रमोद अर्याल, कोषाध्यक्षमा रणधीर साह र सदस्यमा जमुना थिङ चयन भएका छन् । २ जना सदस्य पछि चयन गरिने अध्यक्ष अधिकारीले जानकारी दिनुभएको छ ।

अधिवेशनबाट केन्द्रीय परिषद् सदस्यमा सुरेश श्रेष्ठ र आदर्श थोकर चयन भएका छन् भने प्रदेश परिषद् सदस्यमा मेनुका बल, रबिन्द्र वाईबा र दीक्षान्त खड्का चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष अधिकारीले संघलाई चलायमान बनाउन र व्यावसायिक पत्रकारको क्षमता विकासमा सक्रिय गराउने बताउनुभएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*