हेटौँडा/ आइतबार शेयर बजार परिसूचक, नेप्सेको कारोबार रकममा रेकर्ड कायम भएको छ। आज २ सय २२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार कित्ता शेयर खरीदबिक्री हुँदा २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।
यसअघि ३० जेठमा १९ अर्ब ५५ करोडको कारोबार भएको थियो। कारोबार रकममा छलाङ देखिए पनि नेप्से परिसूचक भने २४.५७ अंकले घटेको छ। आज परिसूचक ३१५४.३४ बिन्दुमा पुगेर रोकिएको छ।
सेयर गर्नुहोस्






















