गढी गाउँपालिकामा आज थप ४ जनामा कोरोना पुष्टि

हेटौंडा टुडे
२०७८ श्रावण ३१, आईतवार १६:३१ गते

हेटौँडा/ मकवानपुरगढी गाउँपालिकामा आईतबार (आज) थप ४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ। मकवानपुरगढीका स्वास्थ्य ईकाई प्रमुख ध्रुर्व प्रसाद लामिछानेका अनुसार आज गरिएको पीसीआर परीक्षणमा ४ जनामा कोरोना पुष्टि भएको हो ।

हालसम्म गढीमा कुल संक्रमण संख्या ३ सय ४५ जना रहेका छन् । मक्रान्चुलीमा रहेको (कोभिड १९ )आइसोलेसन सेन्टरमा ३ जना संक्रमित रहेका छन् भने १ जना आइसोलेसन वाड्र्बाट डिस्चार्ज भएका छन् , त्यस्तै ३४ जना होम आइसोलेसनमा रहेका छन् ।

गढीमा आजको दिनसम्म ३८ जना सक्रिय संक्रमित रहेका छन् । ३ सय ७ जना संक्रमणमुक्त भएका छन् ,भने ५जनाको मृत्यु भईसकेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*