प्रदेश युवा परिषदको आयोजनामा मन्त्री सरस्वती बस्नेत समक्ष ज्ञापनपत्र बुझाए

हेटौंडा टुडे
२०७८ श्रावण ३१, आईतवार १७:४५ गते

हेटौँडा/ शनिबार अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्रदेश युवा परिषदको आयोजनामा बाल कल्याण समाज मकवानपुरले बालश्रम अन्त्यका लागि सामाजिक बिकास मन्त्री सरस्वती बस्नेत समक्ष ज्ञापनपत्र बुझाएको छ । बाल कल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडा तथा प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाइले सँयुक्त रुपमा ज्ञापनपत्र बुझाउनुभएको थियो ।

ज्ञापनपत्र बुझ्दै मन्त्री बस्नेतले आजका बालबालिका नै भोलि परिवर्तनका संवाहक युवा हुने साथै भविष्यका कर्णधार हुने भएकोले बालबालिकाका कार्यक्रमलाइ सामाजिक बिकास मन्त्रालयले प्राथमिकतामा राखिने बताउनुभयो । यस्तै बालश्रम निबारणका लागि अभिभावक बिहिन बालबालिकालाई संरक्षण तथा सामाजिक सुरक्षा कार्यक्रमलाई बिशेष जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त ज्ञापनपत्रमा बालश्रम निवारण सम्बन्धी गुरुयोजना कार्यान्वयनमा ल्याउन, बालश्रमको अवस्था र तथ्याङ्क यथार्थ परक निकाल्नुुपर्ने, प्रदेश बालबालिका सम्बन्धी ऐन २०७६ व्यवहारमा उतार्नुपर्ने, बालश्रम निवारणका लागि प्रदेश युवा परिषदमार्फत युवाहरुको सहभागिता सुनिश्चित गर्नुपर्ने, कोभिडको सम्भावित भेरियन्टबाट बालबालिकालाई जोगाउन बिशेष पहल गरिनुपर्ने लगायतका मागहरु राखिएका छन् ।
ज्ञापनपत्रमा नारी सिप श्रृजना केन्द्र, नव चिन्तनशिल युवा क्लब, सिविन नेपाल, मामाघर नेपाल, स्थर बेन्जामिन स्मृति सँस्था, हिम राइट्स, माइती नेपाल लगायतका दर्जन बढी सँस्थाहरुले एकताबद्धता जनाएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*