उच्च अदालत पाटन हेटौंडा इजलासबाट ८२६ मुद्दा फछर्यौट

हेटौंडा टुडे
२०७८ भाद्र १, मंगलवार १३:२६ गते

हेटौँडा/ उच्च अदालत पाटन, हेटौंडा इजलासले गत आर्थिक वर्ष २०७७ र ०७८ मा ९३९ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा ८२६ मुद्दा फछर्यौट गर्न सफल भएको छ । गत आर्थिक वर्ष २०७७ र ०७८ मा लक्ष्यको फछर्यौट ८७.९६ प्रतिशत गरेको छ । अदालतले गत वर्ष दर्ता भएका मुद्दा मध्ये ६१९ वटा मुद्दा भने फछर्यौट गर्न बाकीँ रहेको जनाइएको छ । उच्च अदालत हेटौडा ईजलाशमा १८ महिना देखी २ वर्ष नाघेका एउटा पनि मुद्दा नहरेको बताउदैं जम्मा मुद्दाको आधारमा ५७.६ प्रतिशत लगतमा फछर्यौट रहेको बताए । उच्च अदालत हेटौडा इजलाशको क्षेत्राधिकार चितवन र मकवानपुर रहेका छन् । चितवनमा गतवर्ष लगत भएको ३ हजार ८३०, फछ्र्यौट भएको २ हजार ४३४ र एक हजार ३९६ यो वर्षलाई सरेको छ । त्यस्तै मकवानपुरमा भने गतवर्ष दुइ हजार लगत भएकोमा ९८४ फछर्यौट भई एक हजार १६ यस वर्ष सरेको बताए । सुचना अधिकारी कैशिकका अनुसार देवानी भन्दा फौजदारी मुद्दा बढी रहेकोले फैसला हुन बाकीँ रहेको हो । अदालतले पुरानवेदन मुद्दा, राजस्व, जन्मकैद भएका मुद्दा, रिट र निषेधाज्ञाका मुद्दाहरु हेर्ने गरेको बताइएको छ ।आर्थिक वर्ष ०७७/०७८ मा अघिल्लो वर्षबाट ४०८ वटा मुद्धाको जिम्मेवारी सरेर आएको,गत वर्षमा १ हजार ३७ थान नयाँ मुद्धा दर्ता भएको जनाइएको छ । गत वर्षमा एक हजार ४४५ मुद्धाको लगत भएकोमा ८२६ मात्र फछ्र्यौट भएको पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । । यस्तै चालू वर्षमा भने १ हजार १४९ नयाँ मुद्धा दर्ता हुने अनुमान गरिएको छ भने वर्षको लागि गत वर्षबाट ६१९ वटा मुद्धाको जिम्मेवारी सरेर आएको छ ।

उच्च अदालत पाटन हेटौंडा इजलाशले सोमबार पत्रकार सम्मेलन गर्दै अदालतले गत वर्षको लक्ष्य र प्रगति विवरण सार्वजनिक गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*