हेटौँडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी टोलीले साउन ३२ गते सोमबार एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरबाट लागूऔषध मुद्दामा १८ दिन कैद र २ हजार रुपैयाँ जरिवाना नतिरी फरार रहेका हेटौंडा ११ का श्रीकृष्ण सुवेदीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका सुवेदीलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालतको जिम्मा लगाईको छ ।
सेयर गर्नुहोस्






















