बुधबार मकवानपुरमा १०१ जना कोरोना मुक्त

हेटौंडा टुडे
२०७८ भाद्र २, बुधबार १६:११ गते

हेटौँडा/ मकवानपुरमा बुधबार ५५ जना कोरोनाका नयाँ बिरामी थपिदा १०१ जनानै कोरोना मुक्त भएका छन। पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका १०१ जना कारोना सङ्क्रमण मुक्त भएका हुन।

मकवानपुरमा बुधबार कोरोना संक्रमित भन्दा मुक्त हुनेको संख्या बढी नै रहेको छ। कोरोना पुष्टि भई होम तथा संस्थागत आइशोलेसनमा रहेका हेटौँडाका ९० जना,थाहानगर ४ जना मकवानपुरगढी र मनहरीमा२।२ जना,भिमफेदीमा ३ गरी जम्मा १०१ जना आज कोरोना मुक्त भएका हुन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*