बागमती सरकारका प्रवक्तामा मन्त्री पाण्डे

हेटौंडा टुडे
२०७८ भाद्र ३, बिहीबार १७:२३ गते

हेटौँडा/ बागमती प्रदेश सरकारको अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएपछि पहिलो मन्त्रीपरिषदको बैठक भएको छ । बुधबार अबेर राती सम्पन्न बैठकले दुईवटा निर्णय गरेको छ । बागमती प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मन्त्री केशवराज पाण्डेलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ।

बैठकले कोभिड खोप कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने, अनुगमन तथा नियमन गर्ने निर्णय गरेको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री र भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका मन्त्री केशबराज पाण्डेले बताए । बैठकले पाण्डेलाई सरकारको प्रवक्ताको जिम्मेवारी समेत दिएको छ । यसअघि बुधबार राति नै शपथ ग्रहणपछि नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी थिइन्।  उनले आन्तरिक मामिला तथा कानून र भौतिक पूर्वाधार विकास मन्त्रीमा केशवराज पाण्डे र सामाजिक विकास मन्त्रीमा कृष्ण खनाललाई नियुक्त गरेकी थिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*