गढी गाउँपालिकामा अनाज खरिद तथा बिक्रि केन्द्रको उद्घाटन

हेटौंडा टुडे
२०७८ भाद्र ६, आईतवार १३:४८ गते

हेटौँडा ।  मकवानपुरगढी गाउँपालिकामा अनाज तरकारी तथा फलफुल खरिद तथा बिक्रि केन्द्रको उद्घाटन गरिएको छ । गाउँपालिकाको वडा नंबर २ मा कुर्ले कृषि सहकारी संस्था लिमिटेडले अनाज तरकारि तथा फलफुल खरिद तथा बिक्रि केन्द्र संचालनमा ल्याएको हो । आज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंले उक्त केन्द्रको उद्घाटन गरेका हुन् ।

सहकारी मार्फत बजारीकरणमा अनाज खरिद बिक्रीमा प्रति केजी रु ४ र तरकारी तथा फलफूल बजारीकरणमा प्रति केजी रु २ का दरले गाउँपालिकाबाट प्रोत्साहन अनुदानको व्यवस्था गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष हुमागाईंले आउँदो दिनहरुमा किसानले सहकारी मार्फत आफुले उत्पादन गरेको तरकारी तथा फलफुलले उचित मूल्य पाउने बताए ।

बजारसम्म पुर्याएर व्यापारीलाई कमिसन दिएर बिक्री गर्दा समेत उचित मूल्य नपाईरहेको अवस्थामा गाउँमै सहकारीले बजार मूल्यमा खरिद गर्दा किसानले उचित मूल्य पाउनेमा विश्वास व्यक्त गरे । अध्यक्ष हुमागाईंले गाउँपालिकाले किसानसंग जोडिएका महत्वपूर्ण कामहरु अघि बढाईरहेको बताउँदै किसानलाई उत्पादनमा जोड दिन आग्रह गरे । गाउँपालिका भरिमा यस वर्ष अनाज, तरकारी तथा फलफुल बजारीकरणका लागि ७ वटा सहकारी संस्था सूचीकृत भएको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनु भयो ।

किसानले उत्पादन गरेको तरकारि तथा फलफुल सहकारीले बजार मूल्यमा खरिद गर्ने र बिक्री गर्ने गरि सहकारीले काम गर्न सुरु गरेको संस्थाका अध्यक्ष कृष्ण प्रसाद हुमागाईंले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*