मानुषी लघुवित्तको आइपीओ आज बाँडफाँड हुँदै

हेटौंडा टुडे
२०७८ भाद्र ७, सोमबार १०:५२ गते

हेटौँडा/ मानुषी लघुवित्तले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँड हुँदैछ । उक्त आइपिओको प्रि अलटमेन्ट भदौ ३ गते सम्पन्न भएको थियो । आइपिओको बाडफाड बिक्रि प्रबन्धक एसबिआई क्यापिटलको कार्यालयमा आज बिहानै हुने जनाइएको छ ।

कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको बाँडफाँडमा ३६ हजार ८ सय ५९ जनाले मात्र शेयर पाउनेछन् । आईपीओमा कुल २४ लाख ३ हजार ५५ वटा आवेदन परेको छ । कूल आवेदकमध्ये १.५३ प्रतिशतले मात्र गोलाप्रथाबाट शेयर पाउनेछन् । बाँडफाँडमा ३६ हजार ८५९ जनालाई गोलाप्रथाबाट १० कित्ता शेयर वितरण हुनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*