हेटौँडा/ नेपाल पत्रकार महासंघ मकवानपुरको निर्वाचनपछि पहिलो पटक भौतिक उपस्थितिमा हुन लागेको केन्द्रीय समितिको बैठक आजबाट दामनमा सुरु भएको छ । बैठकमा महासंघ केन्द्रीय समितिका ५२ जना पदाधिकारी र ३ जना सल्लाहकार गरी ५५ जना र मकवानपुरका केही पत्रकारसहित करिब ६० जना सहभागि हुने जनाइएको छ । भदौ ८,९ र १० गते ३ दिनसम्म संचालन हुने बैठकले पत्रकार महासंघको आगामी ३ बर्षको कार्यायोजना निर्माण गर्ने छ ।
यसैगरी भदौ १० गते नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेल हेटौंडा आएर बैठकका निर्णयहरु सार्वजनिक गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।बैठकमा पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष गौतमले छोटो प्रस्तुतीकरण गर्ने छन् ।
सेयर गर्नुहोस्






















