हेटौंडा-११ को बागेश्वरी महिला सहकारीले मनायो १३ औं स्थापना दिवस

हेटौंडा टुडे
२०७८ भाद्र ११, शुक्रबार १५:४८ गते

हेटौँडा/ हेटौंडा-११ नवलपुरमा रहेको बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । वडा अध्यक्ष गोकर्ण प्रसाद पराजुलीको प्रमुख अतिथ्यतामा रहेको कार्यक्रममा रक्त सञ्चार केन्द्रका विष्णु रिमाल, वडा सदस्य जुना दाहाल, रेडक्रस सोसाइटी वडा ११ का अध्यक्ष सुमित्रा काफ्ले, सचिव देवकुमार श्रेष्ठ, सहकारीका कार्यक्रम अधिकृत शर्मिला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रममा ४ महिला सहित ३५ जनाले रक्तदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*