सुनको मूल्य स्थिर, तोलामा १० रुपैयाँले बढ्यो चाँदी

हेटौंडा टुडे
२०७८ भाद्र १३, आईतवार १२:०५ गते

काठमाडौँ /नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

गत शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।त्यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ ।

गत शुक्रबार प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनायो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*