मकवानपुरका नदीका आसपासका नागरिकलाई सर्तक रहन आग्रह

हेटौंडा टुडे
२०७८ भाद्र १३, आईतवार १४:०२ गते

हेटौँडा/ अविरल वर्षाका कारण मकवानपुरका विभिन्न नदीहरुः राप्ती, मनहरी, लोथर, कर्रा, बागमती, बकैया लगाएतका नदीमा पानीको बहाव बढेको छ । मकवानपुरका विभिन्न नदीहरुमा पानीको बहाव बढेपछि नदि किनारमा रहेका बस्तिका सर्वसाधरणहरुलाई सतर्क रहन स्थानिय तह तथा प्रहरी कार्यलयहरुमा खबर गरिसकिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए ।

केहि दिन यताबाट लगातार परिरहेको पानिले यो समाचार तयार पार्दासम्म कुनैपनि किसिमको जनधनको क्षतिको खबर भने आएको छैन । लगातारको बर्षाको कारण सर्वसाधारण नागरिकको दैनिकि कष्टकर बन्दै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*