हेटौँडा/दिक्षान्त पुस्तक भण्डार कीर्तिपुरले एक विद्यालयलाई पुस्तक वितरण गरेको छ । १४ औं पुस्तकालय दिवसको अवसर पारेर मंगलबार एक कार्यक्रमका बिच पुस्तक भण्डारले धुनीबेशी ५ कुमाईखोलामा रहेको महादेव स्थान माध्यमिक विद्यालयलाई पुस्तक वितरण गरेको हो ।
सबल समाजको आधार सार्वजनिक पुस्तकालय विकास र विस्तार भन्ने मूल नाराको साथ विद्यालयका प्रधानाध्यापक अनिल रुपाखेतीले पुस्तकको महत्व बताउँदै, छिटै आउटडोर लाईबे्ररीकोे स्थापना गर्ने बताउनुभएको छ । कार्यक्रमले सन्दर्भ सामाग्री तथा विद्यार्थीहरुमा सिकाई सामाग्री प्राप्त भएकोमा पुस्तक भण्डारप्रति धन्यवाद व्यक्त गर्नु भयो । त्यस्तै पुस्तक वितरक महेश शर्माले पुस्तकालय दिवसको अवसरमा सहयोग गर्न पाउँदा निकै खुशी लागेको र आगामी दिनमा पनि यस्तै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषि कुमार ढकालको अध्यक्षतामा भएको कार्यक्रममा दिक्षान्त पुस्तक भण्डार तथा दिक्षान्त पुस्तक प्रकाशनका महेश शर्मा र नम्रता अर्याल शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।






















