हेटौँडा/ साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ । गत आईतबार प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।
सेयर गर्नुहोस्






















