मुख्यमन्त्री शाक्यद्वारा हेटौंडाको वनस्पती उद्यानमामा बृक्षारोपण

हेटौंडा टुडे
२०७८ भाद्र २२, मंगलवार १२:५२ गते

हेटौँडा/ निजामती सेवा दिवस २०७८ का अवसरमा बनस्पती अनुसंधान केन्द्र अन्तरगतको बृन्दावन वनस्पती उद्यानमा बृक्षारोपण गरिएको छ । कार्यक्रममा प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बृक्षारोपणको सुरुवात गर्नुभयो । उहाँले श्रीखण्डको विरुवा रोपेर कार्यक्रमको सुरुवात गर्नु भएको हो । कार्यक्रमको स्वागत प्रदेशको उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्रालयका सचिब डाक्टर सिन्धुप्रसाद ढुंगानाले गर्नु भएको थियो । कार्यक्रममा बागमती प्रदेशका बिभीन्न मन्त्रालयका सचिब, कर्मचारीहरु, जिल्ला स्थीत बिभीन्न कार्यालयका कर्मचारीहरु लगायतकाको सहभागिता रहेको थियो । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा बृक्षारोपण कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*