यस्ता छन् पत्थरी भएका बिरामीले खान नहुने खानाहरु

हेटौंडा टुडे
२०७८ भाद्र २२, मंगलवार १३:०७ गते

हेटौँडा/ मानिसहरुलाई बिभिन्न किसिमका रोगहरु लागी नै रहेका हुन्छन् । त्यस मध्य पत्थरी पनि एक हो । पत्थरी मानिसको पेट भित्रका बिभिन्न भागमा रहेका हुन्छन् । केहि पत्थरहरु शल्यक्रिया बिनै पनि औषधीकै भरमा जाने पनि गर्छ । भने धेरैजसो पत्थरी शल्यक्रिया बाट नै निकाल्नु पर्ने हुन्छ ।

१। पालुंगोको साग, गोलभेडा सेवन नगर्ने । फलफुलमा अमला, कालो अगुर काक्रोबाट टाढै रहने । यस्तो फलफुलमा अक्जलेटको मात्रा बढि हुन्छ, जसको कारणले गर्दा पत्थर बन्ने सम्भावना अधिक हन्छ ।

२। फूलगोभी, भन्टा, च्याउ, फर्सी लगायतका खानेकुरा पनि खानुपर्दन् यसमा युरिक एसिड बनाउने प्युरिन,न्युक्लयोटाइडको मात्रा प्रसस्त हुन्छ र किस्टल बनाई पत्थरीको समस्या उत्पन्न गराउँछ ।

लक्षणहरु
पत्थरी बिभिन्न स्थानमा हुने भए पनि मृगौलाको पत्थरीको बिमारी एक आम समस्या बनेको छ । पत्थरी हुँदा बिरामीको पेटको तल्लो भागमा दुख्छ । सामान्यतय पत्थरीको लक्षण सुरुवातदेखि नै थाहा पाइन्छ । बारम्बार पिसाब आउने, पिसाब फेर्ने समयमा पींडा हुने, पिसाब रोकी रोकी आउने, कहिले कहीं जोडको पिसाब आउने, र अन्डाकोष दुख्ने जस्ता समस्या भएमा पत्थरी भएको भनि तुरुन्तै थाहा पाउन सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*