हेटौँडा/ हेटौंडामा नगद १ लाख ३२ हजार सहित ६ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा थाहा नगरपालिका वडा नंब- ६ बस्ने २१ वर्षीय डेनी भट्ट,हेटौंडा उपमहानगरपािलका वडा नंबर-१६ बस्ने ६० वर्षीय ईवनाथ दंगाल,हेटौंडा-१५-बस्ने ३५ वर्षीय आलोक स्याङतान,सोही वडाका ६७ वर्षीय रामसरण थापा ,मनहरी गाउँपालिका वडा नंबर-६ बस्ने ४४ वर्षीय वासु उप्रेती,चितवन भरतपुर-१० बस्ने ३८ वर्षीय चुडामणी सेढाई रहेका छन् ।
हेटौंडा-१५ दिपक श्रेष्ठको घरमा पैसाको हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा नगद १ लाख ३२ हजार ३९० रुपैयाँ सहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । साथै प्रहरीले कौडा १५ वटा र तास ६ बुक सहित ६ जनालाई पक्राउ गरेको हो । उनिहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।






















