चोरी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

हेटौंडा टुडे
२०७८ भाद्र २८, सोमबार ११:४६ गते

हेटौँडा / मकवानपुर प्रहरीले चोरी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरको विसं.२०७६ भदौ २६ गतेको फैसलाले चोरी मुद्दामा १ महिना ४ दिन कैद भुक्तान गर्न बाँकी फरार प्रतिवादी खड्कालाई प्रहरीले आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं.८ बस्ने राज कुमार खड्का रहेका छन् ।उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत मकवानपुर पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*