हेटौंडामा कोरोनाको कारण मनहरीका ४५ वर्षीय पुरुषको मृत्यु

हेटौंडा टुडे
२०७८ भाद्र २८, सोमबार १५:२२ गते

हेटौँडा/ मकवानपुरमा कोरोना भाइरस संक्रमणको कारण आज थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपािलका वडा नंबर १ का ४५ वर्षीय पुरुष रहेका छन । स्वास्थय कार्यलय मकवानपुरका अनुसार पुरुषमा गएको भदौ २२ गते कोरोना पुष्टि भएको साहि दिन उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । संक्रमित पुरुषको आज बिहान १० बजे हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कार्यलयले जनाएको छ । यो संगै कोरोनाबाट मनहरी गाउँपालिका भित्रका मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*