हेटौँडा/ बिहिबार नेपाली बजारमा सुनको मुल्य ७०० रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । गत बुधबार सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ रहेको छ । यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
सेयर गर्नुहोस्




















