सामूहिक आक्रमणबाट हेटौंडा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी श्रेष्ठ घाइते

हेटौंडा टुडे
२०७८ भाद्र ३१, बिहीबार १२:०४ गते

हेटौँडा/ मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी माथि गएराति आक्रमण भएको छ । कार्यरत स्वास्थ्यकर्मी समृद्धि श्रेष्ठ माथि विरामीका आफन्तले आक्रमण गरेका हुन । आक्रमणबाट श्रेष्ठ सामान्य घाइते भएको अस्पतालले जानकारी दिएको छ । गएराति दुर्घटनामा परी घाइते भएका एक विरामीलाई इमर्जेन्सी कक्षसम्म पुर्याउन स्टेचर नभएको भन्दै आक्रोशित भएका विरामीका आफन्तले फलामको कुर्सीले स्वास्थ्यकर्मी श्रेष्ठमाथि आक्रमण गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईले जानकारी दिएका छन् ।

उनले यस विषयमा प्रहरीसमक्ष सीसीटीभी फुटेज र आवश्यक प्रमाणहरुसहित आज प्रहरीसमक्ष लिखित उजुरी दिने तयारी भइरहेको समेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*