आजको मौसम : केहि स्थानहरुमा भारी वर्षाको सम्भावना

हेटौंडा टुडे
२०७८ आश्विन १, शुक्रबार १२:०७ गते

हेटौँडा/ जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकि प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*