हेटौँडा/ बागमती प्रदेशमा कोरोना भाइरस संक्रमणका कारण हाल सम्म ४ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछी उपचारको क्रममा धेरै जनाको मृत्यु भएको छ भने केहीको घरमानै मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण बागमती प्रदेशका १३ जिल्लामा अरु प्रदेशको तुलानमा धेरैको मृत्यु भएको प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तमराज सेढाइले वताउनुभयो । हाल सम्म यस प्रदेशमा कुल संक्रमित मध्यमा एक दशमलब २ प्रतिशतको मृत्यु भएको उहाँले वताउनुभयो ।
यस प्रदेशमा हाल सम्म चार लाख ३१ हजार एक सय ६६ जनामा कोारोना संक्रमण भएको छ ।
सेयर गर्नुहोस्






















