कांग्रेस हेटौँडा नगर निर्वाचनको आन्तरीक द्वन्दले मउबासंघ निर्वाचनमा खैलाबैला

टुडे संवादाता
२०७८ आश्विन ९, शनिबार १८:३९ गते

हेटौँडा/नेपाली कांग्रेस हेटौँडा  उपमहानगरपालीकाको नगर अधिवेशनको निर्वाचनले कांग्रेस भित्रको दुईधार स्पष्ट रुपमा छुट्टिएको छ । कांग्रेस नगर अधिवेशनको निर्वाचनमा दुई खेमामा विभाजित भएसँगै यसले आगामी कार्तिकमा हुने मकवानपुर उद्योग वाणीज्य संघको निर्वाचनमा पनि असर पार्ने सम्भावना देखिएको छ । शनिबार भएको हेटौंडा उपमहानगरको नगर सभापतिमा कांग्रेसमा लामो समयदेखी राजनीति गर्दै आएका उत्सव ईटेनी र विद्यार्थी राजनीति गर्दै आएका महेन्द्र राउतबीच प्रतिष्पर्धा भएको छ ।

कांग्रेसको आन्तरिक निर्वाचनले आगामी कात्तिक ७ देखी ९ सम्म हुने मउवासंघको निर्वाचनमा ठुलो धक्का पुग्ने देखिएको छ । यस अघि हुने भनिएको निर्वाचन कोरोनाको कारण सर्दै आएको थियो । तर अब कार्तिकमा हुने लगभग पक्का भइसकेको छ । मउवा संघको निर्वाचनमा पनि कांग्रेस नगर समितीकै निर्वाचन प्यानल छुट्टिएको छ । हाल कांग्रेसको नगर सभापतिमा चुनाव लडेका राउतले यसअघि नै मउवा संघको अध्यक्षमा उम्मेद्ववारी घोषणा गरिसकेका छन् । संघमा उम्मेद्ववारी घोषणा गरेका राउत पार्टीको नगर सभापतिको निर्वाचनमा आउदा अब हुने संघको निर्वाचनमा उनलाई ठुलै धक्का पुग्ने चर्चा हुन थालेको छ ।

संघको निर्वाचनमा कांग्रेसका अर्का कृष्ण अग्रवाल गुप्ताले पनि उम्मेद्वारी घोषणा गरेको हुनाले अहिलेको कांग्रेसको निर्वाचनले मउवा संघको सनिर्वाचनमा असर पर्ने संकेत देखिएको हो । यद्यपि कांग्रेस मकवानपुरले राउत र गुप्ता दुवैलाई आफ्नो आधिकारिक उम्मेद्ववार मानेको भने छैन । स्रोतको अनुसार कांग्रेस मकवानपुरका सभापति ईन्द्र बानियाँ तथा हालको नगर सभापति आनन्दराम पराजुलीले गुप्तालाई र विद्यार्थी नेता प्रभात दाहाल, पार्टीको पुर्व सभापति रामचन्द्र अर्याल माईकल ,प्रवक्ता प्रदिप कोइराला र नेतृ रिता खनाल लगायतले राउतलाई समर्थन गरेको छ ।

कांग्रेसबाटै एउटौ पदमा दुई व्यक्तिको उम्मेद्ववारी हुनुले अर्को पक्षलाई फाइदा हुने देखिएको छ भने नगर सभापतिको उम्मेद्वा रहेका राउतलाई संघको निर्वाचनमा प्रभाव पार्ने निश्चित छ । यद्यपि राउतले शुक्रबार सिधाखबर सँगको  कुराकानीमा कांग्रेसको निर्वाचन पश्चात मउवा संघको आफ्नो उम्मेद्वारी परिवर्तन हुनसक्ने बताएका छन् । उनले कांग्रेसको नगर सभापतिमा निर्वाचित भएमा मउवा संघको निर्वाचनबाट उम्मेद्वारी फिर्ता लिनसक्ने संकेत गरे । स्पष्ट रुपमा बोल्न नचाहेका उनले कांग्रेसको नगर अधिवेशन पश्चात मात्रै मउवा संघको निर्वाचनबारे धारणा बनाउने बताएका थिए ।

 कांग्रेसमा देखिएको गुटको अन्त्य कहिले ?
सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टीको रुपमा रहेको नेपाली कांग्रेसमा पछिल्लो समय गुट हाबी भएको छ । कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत भएको वडा अधिवेनले स्थानीय स्तरबाटै कांग्रेसमा गुट रहेको स्पष्ट देखिएको छ । वडा निर्वाचनबाट लामो समय देखी राजनिति गर्दै आएका नेताहरु वुथ प्रतिनिधिबाटै पाखा लगाईनुले पनि कांग्रेस भित्रका केही नेताहरुमा बदलाको भावना पैदा भएको समेत स्रोतले बताएको छ । बाहिर रुपमा गुटको अन्त्य गर्नु पर्छ भन्ने कांग्रेसस नेताहरुको भित्री शैली नसुध्रे सम्म मकवानपुरमा कांग्रसेको बलियो उपस्थीती संख्यामा मात्र निहित देखिन्छ ।

कांग्रेस कार्यतकर्ताहरु ईमान्दार भएपनि नेतृत्व तहको गुट छलकपटले कांग्रेस मकवानपुरको अवस्थालाई झनै जटिल बनाउने निश्चत छ । कांग्रेस कार्यकर्ताहरु उत्साह लिएर हिडेपनि नेतृत्व तहको व्यवहारले अक्क न बक्क पर्नु स्वाभाविक छ । हरेक निर्वाचनमा टिकट पाउदा खुसी हुने नपाउदा बेखुसीहुने अर्थात एउटैले मात्र अवसर खोज्ने परम्पराले पनि मकवानपुर कांग्रेस भित्र फाटो देखिदै गएको छ । कांग्रेस भित्र अर्को ठुलो समस्या भनेको गुटगत आधारमा वितरण गरीने क्रियाशिल सदस्य पनि हो । यसले कांग्रेसलाई गुटहरूको मैदानमा रूपान्तरण गर्दै लैजाने खतरा छ । कांग्रेसले जब सम्म यसलाई चिर्न सक्दैन तबसम्म कांग्रेसभित्र आन्तरिक लोकतन्त्र सुदृढ हुन सक्दैन ।यो समाचार सिधाखबर डटकमबाट साभार गरीएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*