हेटौँडा/ सामजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्था सहयोगी मन नेपाल, मकवानपुरले आफनो तेस्रो स्थापना दिवस मनाएको छ । तेश्रो स्थापना दिवसका अवसरमा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा सहयोगी मन नेपालले संकट, महामारी, आपत बिपतका बेलामा गरीब दिन दुखीहरुमा सेवा गर्ने उदेश्यले निरन्तर काम गरिरहेको सहयोगी मन नेपालका अध्यक्ष केदार चौलागाईले बताए ।
जिल्ला समन्व समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि खुलालले सहयोगी मनले जिल्लामा कोभिड संकटका बेला खेलेको भुमिका उल्लेख्य रहेको बताए । यस्तै कार्यक्रममा विशेष अतिथि मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सहयोगी मन नेपाल स्थानिय प्रशासन ऐन अनुसार सहयोगी भावानाका रुपमा समाजमा देखिएको बताउँदै यसले खेलेको भूमिकाको उच्च मुल्यांकन हुने बताए ।
कार्यक्रममा अख्तियार दुरपयोग अनुसान्धान आयोग हेटौंडाका उपसचिव अर्पणनाथ शर्मा, मकवानपुर उद्योग वाणीज्य संघको अध्यक्ष कृष्ण कटुवाल, नेपाल पत्रकार महासंघ मकवानपुरका को अध्यक्ष मणीराज गौत्तम ,राप्रपा मकवानपुरको अध्यक्ष गुरुप्रसाद सापकोटा, कांग्रेस नेता आनन्दराम पराजुली लगायतको आतिथ्यता रहेको थियो ।






















