हेटौँडा/ मगंलबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ७० अंकले घटेर २ हजार ६ सय १५ दशमलव ४० विन्दु कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा सूचिकृत २१८ कम्पनीको १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७८ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा रहेको १३ उपसूचक नै राताम्य भएका छन् ।
आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा भने कुमारी बैंक लिमिटेड रहेको छ । त्यस्तै, आज मैलुङ खोला र मनकामना स्मार्ट लघुवित्तको शेयरमा पोजेटिभ सर्किट लाग्दा ५ वटा कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
सेयर गर्नुहोस्




















