६६ औं प्रहरी दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम सम्पन्न

हेटौंडा टुडे
२०७८ आश्विन १५, शुक्रबार १४:३६ गते

हेटौँडा/ बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ६६ औं प्रहरी दिवस–२०७८ को अवसरमा रक्तदान कार्यक्रम गरिएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटि हेटौंडा शाखासँगको समन्वयमा भएको रक्तदानमा ७२ जना प्रहरीले रक्तादान गरेका हुन ।

नेपाल प्रहरी स्थापनाको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले विभिन्न खेलकुद गतिविधि संचालन, सार्वजनिक महत्वका स्थलहरुको सरसफाई, वृक्षारोपण, हेटौंडामा रहेका वृद्धाश्रमहरुमा फलफुल वितरण गर्ने लगायतका कार्यक्रम संचालन गर्ने प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*