हेटौंडा-९ मा रक्तदान कार्यक्रम सम्पन्न

हेटौंडा टुडे
२०७८ आश्विन १७, आईतवार ११:५० गते

हेटौँडा/ राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगरपालिका -९ नंबर वडा कमिटिले विजयी दशमी,शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ । शनिबार युवा संघ नेपाल- ९ नंबर वडा कमिटिका अध्यक्ष विवेक दाहालको सभाध्यक्षता तथा हेटौंडा उपमहानगर पालिकाका मेयर हरिबोल महतको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।

उनले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने उद्देश्य अनुरुप आयोजना गरेको भन्दै आउँदा दिन विभिन्न सामाजिक कार्य गर्दै युवासंघलाई चलायमान बनाउने लागि पर्ने बताए। साथै अध्यक्ष दाहालले युवा संघले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र मकवानपुरमा रगत अभाव भइरहेको भन्ने सूचना थाहा पाए लगतै रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

उक्त रक्तदान कार्यक्रम युवा संघका सदस्यहरु लगाएत २० जनाले रगत दिएका थिए ।

शनिबार सम्पन्न भएको कार्यक्रममा हेटौंडा-९९ नंबर वडाका वडा अध्यक्ष लक्ष्मण भण्डारी,नेकपा एमाले हेटौंडा नगर कमिटीका सचिवालय सदस्य तथा वडा इन्चार्ज विष्णुमणि अधिकारी, राष्ट्रिय युवा संघका सदस्यहरु नरेन्द्र भण्डारी,सानु लामा,सन्तोष चौलागाई लगायतको आथित्यता रहेको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*