हेटौँडा/ सोमबार शेयर बजार ६ दशमलव ६८ अंकले घटेर २,५७० दशमलव ८१ को अंकमा झरेको छ । आज होटल्स एण्ड टुरिजम,माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स कम्पनी र अन्य बाहेक सबै उपसूचक घटेका छन् । आाज सबैभन्दा धेरै यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको १२ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै नेपाल बैंकको ११ करोड ३५ लाख, हिमालयन डिस्टीलरीको १० करोड २९ लाख र नेशनल हाइड्रोपावर कम्पनीको ९ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज दिनभरिमा २२७ वटा कम्पनीको ७६ लाख ५३ हजार २२० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
सेयर गर्नुहोस्




















