हेटौँडा/ यातायात व्यवसायीले भाडा समायोजनको विषयलाई लिएर बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको परिसरमा धर्ना दिएका छन।
वैज्ञानिक भाडा दर प्रदेशमा तुरुन्त समायोजन गर्न माग गर्दै सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल धर्नामा बसेको हो । महासंघ वरिष्ठ उपाध्यक्ष हेमन्त शेरचनको नेतृत्वमा हेटौंडा-१ चौकीटोल स्थित बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयमा धर्नामा बसेका हुन।
भाडादर समायोजन तथा यातायातको समग्र समस्या समाधान गराउन उच्च स्तरीय आयोग र प्राधिकरण तत्काल गठन गर्न दवाव स्वरुप धर्नामा बसेको जनाइएको छ।
सेयर गर्नुहोस्






















