कामधेनु सहकारीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

हेटौंडा टुडे
२०७८ आश्विन २३, शनिबार १४:४३ गते

हेटौँडा/ हेटौँडा-६ चुृच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाले विजया दशमी, शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । हेटौडा-६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाँईको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष उदय विडारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा संस्थापक अध्यक्ष बासुदेव सापकोटा, चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मण कटुवाल,चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहकी उपाध्यक्ष कल्पना पराजुली, चौघडा बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष त्रिविक्रम मानन्धर, संस्थाकी सञ्चालक सदस्य मन्दिरा घिमिरे, व्यवस्थापक भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी, लेखा सुपरिवेक्षण समिति, खुत्रुके बचत उपसमिति,सल्लाहकार, सञ्चारकर्मी, कर्मचारी र शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*