हेटौँडा / चितवनमा सामान्य विवादका क्रममा थप्पड हान्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–४ रामघाटका भीमबहादुर विश्वकर्मा रहेका छन् । रामघाटस्थित दुर्गा चोकमा मदिरा सेवन विकलाई स्थानीय दिलिप श्रेष्ठले सामान्य भनाभनका क्रममा थप्पड हान्दा भुइँमा ढलेका थिए । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
थप्पन हान्ने श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको चितवनका प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए ।
सेयर गर्नुहोस्






















